११ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउनेजस्ता तयारी पूरा भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।

 

यस वर्षको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

बोर्डले एसईई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ ।

शर्माले एसईई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण समेत गरिरहेको जानकारी दिए ।

Comment

 

 

 

२३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार परिवर्तन भएतापनि संसदमा उठाउँदै आएका मागहरु यथावत् राख्ने भएको छ ।

मिटरब्याज पीडितहरु, लघुवित्त पीडितहरुको माग सम्बोधनका लागि राप्रपाले सरकारलाई दबाब दिंदै आएको छ ।

यसअघि यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाले यी विषयहरुलाई सरकारले सम्बोधन नगरे संसद अवरोध गर्ने बताएको थियो ।

Comment

 

२३ फागुन, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । मृत्यु लगत्तै तत्कालिन प्रदेश सरकारले १२ चैतमा उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि परिवारले पाएका थिएनन् ।

Comment

 

 

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।

Comment