१० फागुन, काठमाडौं । ललितपुरको गोदावरीमा चार दिन चलेको महासमिति बैठक सफल भएको निष्कर्षका साथ समापन गर्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘नेपाल र नेपाली कांग्रेसको राजनीतिमा विशिष्ट ऐतिहासिक महत्व राख्ने मैले विश्वास लिएको छु ।’

देउवा मात्र होइन, समापन समारोहलाई सम्बोधन गरेका सबै नेताहरुले महासमिति बैठक सफल भएको बताए । यथार्थमा भने महासमिति बैठक कांग्रेसले अब हिँड्ने बाटो तय गर्न असफल भएको छ । बैठकले पार्टी संगठन निर्माण, संविधान संशोधन र सरकारको काम कारबाहीबारे कुनै पनि निर्णय गर्न सकेन ।

Comment

 

 

११ फागुन, विराटनगर । शुक्रबार बिहान करिब साढे ७ बजे ज्योति अधिकारीका ५ वर्षीय जुम्ल्याहा छोराछोरी घरमै रहेको किराना पसल अगाडि खेलिरहेका थिए । बुढीगंगा गाउँपालिका– ४ प्रगति टोलमा रहेको अधिकारीको घर सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरको सडकसँगै जोडिएको छ । नहरको सडकमा कालोपत्रे गर्नका लागि गिटी बिछ्याइएको थियो ।

साँघुरो सडकमा २४ सै घण्टा सवारी साधन कुदिरहन्थे । शुक्रबार बिहान करिब साढे ७ बजे आर. जे. २९ जी.बी. १५६१ नम्बरको लरी कोशी राजमार्गको नेमुवाबाट कोयलपुरतर्फ जाँदै थियो । स्तरोन्नति भइरहेको सडकमा अप्ठ्यारो गरी आउँदै गरेको लरी अधिकारीको घर अगाडि आइपुगेपछि एक्कासी पल्टियो ।

Comment

 

 
 
 

९ फागुन, विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच बुधबार वार्ता भएको छ । विराटनगरस्थित होटल इस्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच विभिन्न तीन बुँदामा सहमति भएको छ ।

गत २६ माघमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच पाँच बुँदे सहमति भएको थियो । बुधबार पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर आगामी वार्तासम्ममा पहल गर्ने सहमति भएको छ ।

Comment

 

 
 

इटहरी । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ ।

कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन ।

पदयात्रा टोली शनिबार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो

Comment

 

 

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै सडक आन्दोलन थालेको छ । चैतबाट काठमाडौं केन्द्रित गर्ने तयारीमा रहेको राप्रपाले बुधबार अन्यत्र प्रमुख जिल्ला अधिकारी र काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएको छ ।

भृकुटीमण्डपमा सुरु भएको प्रदर्शन भद्रकालीमा पुगेपछि शीर्ष नेताहरु ज्ञापनपत्र बुझाउन सिंहदरबारतिर लागेका थिए भने प्रदर्शनकारीहरु सुन्धारा, आरएनएसी हुँदै फेरि भद्रकाली पुगेका थिए । त्यतिन्जेल अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित नेताहरु सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाए ।

संयोग ! ०५२ फागुन १ मा सशस्त्र संघर्ष थाल्नुअघि तत्कालीन माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग बुझाएको थियो । त्यसमा पनि राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गर्नुपर्ने लगायत तत्कालीन सरकारले सम्बोधन गर्न नसक्ने मागहरु समावेश थिए ।

Comment