Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

चितवन घटना हत्या वा आत्महत्या के हो बाहिर ल्याइयोस् : ओली

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 03 March 2024
Hits: 72

 

 
 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा छात्रावासमा बालिका मृत भेटिएको घटना हत्या वा आत्महत्या के हो भन्ने विषय बाहिर ल्याउन माग गरेका छन्।

अध्यक्ष ओलीले शनिबार सामाजिक सञ्जामा मृतक बालिकाको तस्बिर राखेर घटनाले आफूलाई बेचैन बनाएको र सत्य तथ्य केहो चाँडो बाहिर ल्याउन माग गरेका हुन्।

उनले यस्ता घटनामा घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने पनि बताए।

‘यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं,’ अध्यक्ष ओलीले भनेका छन्।

Read more ...

Comment

पारिवारिक विखण्डनको मारमा शालिन

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 03 March 2024
Hits: 64

 

 

१९ फागुन, चितवन । चितवनको रत्ननगर नगरपालिका (रनपा) वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा यही फागुन १२ गते कक्षा ८ मा अध्ययनरत एक छात्रा शालिन पोखरेल मृत अवस्थामा भेटिइन् । घटना भएको एक साता बित्दा पनि उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विवरण आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।

सो घटना भएको थाहा पाउनेवित्तिकै इलाका प्रहरी कार्यालय टाँडीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले होस्टेल भित्रको कोठामा स्काउटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फागुन १२ गते शनिबार बिहान १०.३० बजे शालिनलाई मृत फेला पारेको थियो । शनिवारको दिन भएकाले विद्यालयको नियमित पठनपाठन थिएन ।

विगत दुई वर्षदेखि विद्यालयको होस्टलमा बस्दै आएकी शालिनले आत्महत्या गरेकी हुन् वा हत्या गरिएको हो भन्ने विषयको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ ।

Read more ...

Comment

आज देशको सार्वजनिक समस्या भनेको नै बेरोजगारी हो

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 25 February 2024
Hits: 1306

 

 युबराज फूयल दक्षिणकोरीया

 

आज देशमा बेरोजगारीको समस्या दिन प्रतिदिन बिकराल बन्दैछ । कर्मचारीतन्त्र भ्रष्टाचारमा व्यास्त छ सरकारमा बसेकाहरु देशमै रोजगारीको अवसर खोज्नुको सट्टामा  लाखौ युवालाइ बिदेशमा बेचेर आएको रेमिटेन्सले नै देश चलाउन सकिन्छ भन्ने भ्रममा फसेर युवा बेच्न नया नया गन्तव्यको खोजिमा लागि रहेका छ्न। देशमा भएका उधोगहरु दिनदिनै बन्द हुँदै गइरहेका छ्न भने नया खुल्ने त कुरै नगरौ। यहि केही गर्छु भन्ने सोच भएका हरुका लागि पनि लगानी सुरक्षाको कुनै प्रत्याभूति छैन। आखिर देश किन यस्तो भइरहेको छ। आम नागरिकको नजर बाट के देखिन्छ यसै विषय लाई मध्यनजर गर्दै रोजगारीको सिलसिलामा मोरङ बाट दक्षिण कोरियामा बस्दै आउनु भएको युबराज फुयाल सग परिवर्तन खबरले समसामयिक विषयमा गरेको कुराकानी ।

 प्रश्न ः   स्वागत छ युबराज जि कहिले देखि कोरियामा कार्यरत हुनुहुन्छ ?

Read more ...

Comment

धरानमा विमानस्थल बनाउन सम्भव नरहेको उड्डयन प्राधिकरणको निष्कर्ष

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 28 February 2024
Hits: 43

 

 
 

नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल नबनाउने निष्कर्ष निकालेको छ।

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययन अनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाइ नीति विपरीत हुने भन्दै प्राधिकरणले यस्तो निष्कर्ष निकालेको हो।

हवाइ नीति २०६३ अनुसार तराइ तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा कम्तीमा ४० नटिकल माइल हुनुपर्ने व्यवस्था रहेको छ। धरानमा विमानस्थल निर्माण गर्दा सोही नीतिको व्यवस्था विपरीत हुने भन्दै प्राधिकरणले मंगलबार सूचना जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो।

Read more ...

Comment

गणतन्त्रवादीलाई मनाएरै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिने राप्रपाको तर्क

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 25 February 2024
Hits: 76

 

राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, राजेन्द्र लिङ्देन र पशुपति शम्शेर जबरा

 

राजतन्त्र पुनर्वाहली, सङ्घीयता खारेजी र हिन्दू राष्ट्र पुनर्स्थापनाजस्ता माग राखेर प्रधानमन्त्रीलाई ४० बुँदे माग पत्र बुझाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले "कुनै रक्तपातबिना सल्लाह र सहमतिबाट" दलहरूबीच "नयाँ सम्झौता" गरेर अघि बढ्ने सम्भावना भएको बताएका छन्।

बिहीवार बीबीसीसँग कुराकानी गर्दै राजेन्द्र लिङ्देनले त्यस्तो सम्झौता "सबै अटाउने, कोही उपेक्षित महसुस नगर्ने" खालको हुने बताए।

माओवादीले सशस्त्र द्वन्द्व थाल्नुअघि राष्ट्रिय जनमोर्चाका तर्फबाट तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ४० बुँदे ज्ञापनपत्र बुझाइएको शैलीमै फागुन दोस्रो साता राप्रपाले व्यवस्था उल्टाउने माग माग राख्दै पत्र प्रधानमन्त्रीलाई बुझाएको हो।

"जसले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षताको मुद्दा उठाएर आयो उसैले अब यो ठिक भएन भन्न मिलेन। त्यसका समर्थकहरूलाई पनि यो ठिक भएनछ भनेर भनिहाल्न नमिल्ने अवस्था छ," लिङ्देनले भने।

"त्यो सन्दर्भमा जसले सुरुदेखि नै गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता यो मुलुकका लागि आवश्यक एवम् उपयुक्त छैन भनिराखेको थियो, उसैले सडकदेखि सदनसम्म यही कुरा उठान गरिसकेपछि अरू ती राजनीतिक दलहरूलाई समेत सहमतिमा आउन सजिलो हुन्छ।"

Comment

  1. मुख्य मुद्दामा अलमल कायमै महासमिति सकियो
  2. घर अगाडि आइपुगेपछि एक्कासी पल्टियो तीन बालबालिकाको घटनास्थलमै मृत्यु
  3. डेढ सय किलोमिटर पदयात्रा गरी मुख्यमन्त्री कार्की सुनसरीम
  4. पहिचान पक्षधर र कोशी सरकार बीच ३ बुँदे सहमति

Page 33 of 133

  • 28
  • ...
  • 30
  • 31
  • 32
  • 33
  • 34
  • ...
  • 36
  • 37

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.