अनन्तराज न्यौपाने
 
२०८० फागुन २ गते ०६:४२ | Feb 14, 2024
बेरुजु फर्छ्यौट गर्न आक्रामक बन्यो विराटनगर भन्सार, ११ वर्ष पुराना फाइल खोलेपछि व्यवसायीको विरोध
 

विराटनगर। विराटनगर भन्सार कार्यालयले बेरुजुको रकम फर्छ्यौट गर्न आक्रामक अभियान चलाएको छ। अभियानबाट कार्यालयले दुःख दिएको र अनाहक असुली गरेको भन्दै व्यवसायीहरू रुष्ट छन्।

अभियानअन्तर्गत पुराना कारोबारका प्रज्ञापनपत्रबाट थप राजस्व असुल गर्न थालिएको छ। कार्यालयले महालेखाले बेरुजु ठहर्‍याएका ११ वर्ष पुराना कारोबारबाट पनि राजस्व असुल गरिरहेको छ। त्यस्तै, आन्तरिक लेखा परीक्षणबाट बेरुजु देखिएका कारोबारबाट पनि राजस्व असुल गरेको पाइएको छ।

Comment

 
 
 

२५ माघ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री कार्कीले केही दिनअघि कक्षाकोठामा पहिलो बेन्चमा बस्ने (फर्स्ट बेन्चर) साथी खरदार भएको र अन्तिम बेन्चमा बस्ने (लास्ट बेन्चर) आफू भने मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए 

मुख्यमन्त्रीको सोही अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको भन्दै नेपाल निजामती कर्मचारीको संगठनले असन्तुष्टि जनाएको हो ।

Comment

 

विराटनगर । कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन,‘ अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियान हिड्ने गरेको छु ।’

 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन जरुरी रहेको बताएका हुन् ।

Comment

 

 

२५ माघ, विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ ।

विराटनगरको विग होटलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो ।

६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

पहिचान पक्षधरले बुधबार वार्ता समिति गठन गरेको थियो ।

Comment

 

काठमाडौं, माघ २२