२१ पुस, गोरखा । विगतका वर्षजस्तै यस वर्ष पनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ ।

नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो ।

शनिबार गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डासहित पदयात्रामा सहभागी भएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले बताए ।

Comment

 

२१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा चुनावमा सहकार्यका विषयमा सत्तारुढ गठबन्धनसँग छलफल गर्ने जिम्मा कार्यबाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ ।

शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले चुनावमा सहकार्यका विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने र त्यसको जिम्मा कार्यबाहक अध्यक्ष तथा राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङलाई दिने निर्णय गरेको हो ।

Comment

छत्रपती सुवेदी मेयर
गैरादह नगरपालीका

मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले कोशी प्रदेशका विभिन्न जिल्लाका गाउ तथा नगरपालीका का बर्तमान एवं पुर्व जनप्रतिनिधिहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा झापा जिल्लाको गौरादह नगर पालिका का मेयर छत्रपति सुबेदी संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।
प्रश्नः मेयर साब याहाँलाई हार्दिक स्वागत छ, परिवर्तन खबर डट कम डट एन पि मा ?
उत्तरः धन्यवाद ।

Comment

 

 

विराटनगर, पौष १६ गते, राप्रपा समर्थित युवा, विद्यार्थीहरुको समुहले आज मोरङ्गको विराटचौकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
आज साँझ ५ः३० वजे पुर्व पश्चिम राजमार्ग २० मिनेट अवरुद्ध गरेर राप्रपा समर्थित विद्यार्थी संगठनले कोणसभामा सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संगठनका केन्द्रिय सदस्य प्रविण सापकोटाले कोण सभालाई सम्बोधन गर्दैै यो हत्यारो सरकारले युवालाई रोजगारी दिनुको साटो विदेश जान परिक्षा दिने वहानामा राजधानी काठमाण्डौं बोलाएर हत्या गर्न थालेकाले यो सरकारले राजीनामा गर्नुपर्ने बताउनु भएको थियो ।

Comment

 

 

विराटनगर, पौष १५ गते आइतबार, राष्ट्रवादी युवा विद्यार्थीहरुको एक समुहले आज साँझ ललितपुरको वालकुमारीमा राज्यद्धारा हत्या गरिएका दुइ युवाको हत्या विरुद्ध विशाल राँके जुलुश सम्पन्न गरेको छ ।

Comment