। शनिबार एक कार्यक्रमका विच विराटनगरको इको फन पार्कमा नजिकिँदै गरेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई प्रवद्र्धन गर्दै विराटनगर जेसीजको ‘जेसीज सप्ताह २०१९’ सुरुवात गरीएको छ ।
प्रदेश नम्बर एकका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले जेसीज सप्ताहको ब्यानर अनावरण गर्दै कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
प्रस्तुत छ सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको वाड नं ४ का वडाध्यक्ष सम्पतलाल चौधरी संग जनप्रतिनिधि र विकास स्तम्भका लागि परिवर्तन खबर डट कम डट एन पि का प्रधान संपादक अशोक पौडेलले गर्नु भएको छोटो कुराकानी ः–
१ स्वागत छ परिवर्तन खबर डट कम डट एन पि मा सम्पत जि ।
Ò धन्यवाद ।
२. वर्जु ४ का खास खास समस्याहरु के के हुन ?
Ò वास्तवमा यो ४ नं. वार्ड भनेको सुनसरी जिल्लाको एकदमै दक्षिण यानीकि भारतीय सिमासंग जोडिएको पहिला अमडुवा गा. वि.स. र अहिलेको वार्ड नं. ४ पर्छ याहा चाहि विषेश गरेर विभिन्न जातजातिहरुको वसोवास छ । मधेशी, थारु, मुसहर समुदायको अत्याधिक वसोवास भएको एरिया हो, यो शिक्षाको क्षेत्रमा ज्यादै नै पिछाडी पारिएको अथवा पछाडि परेको क्षेत्र हो । यो पनि, हामी निर्वाचित भएर आए पछि सबै भन्दा बढी फोकस शिक्षाको विकास र बाटाघाटाको विकासलाई मध्ये नजर गरेर अगाडि बढिरहेका छौं अहिले ४ नं. वार्डको शिक्षा र बाटाघाटो भन्दा पनि जल्दो बल्दो समस्या भनेको कृषि प्रधान देश भएकाले किसानको लागी ठुलो समस्या देखेका छौं । भोलीको दिनमा कृषकहरुको समस्यालाई संगै लिएर अगाडि बढछौं भन्ने लागी रहेछ ।
३. अहिले चै ४ नं. को प्रमुख समस्या भनेको के हो बाटोघाटो नै हो ?
Ò बाटोघाटो भन्दा पनि अब चै म शिक्षा नै प्रमुख समस्या हो भन्छु, किन भने शिक्षामा हामी जब सम्म सुधार गर्दैनौ तब सम्म जनचेतना जाम्दैन तब सम्म विचार परिवर्तन हुन सक्दैन, तब सम्म समस्या भइनै रहन्छ ।
४. शिक्षा क्षेत्रको सुधारका लागी के गर्दै हुनुहुन्छ ?
Ò शिक्षा सुधारको लागी हामी अहिले तिन कक्षा सम्म अंग्रेजी अनिवार्य गर्दै छौ, त्यसकालागी जनसक्तीको अभाव थियो, अंग्रेजी शिक्षककालागी हामीले विज्ञापन पनि गरिसकेका छौ । अंग्रेजी शिक्षक नियुक्त गरेर जुन वोडीङ्ग सो सरह गर्न लागी परेका छौं ।
५. याहाँहरु सडक संजालसंग ४ नं. वार्डलाई कसरी जोडदै हुनुहुन्छ ?
Ò सडक संजालको कुरा गर्नु हुन्छ भने ३ वर्ष अगाडि र अहिले हेर्नु भयो भने सायद धेरै फरक छ मलाई जहाँ सम्म लाग्छ विराटनगर महानगर पालीका पनि बर्जु अगाडि फेल छ भन्छु म । अहिले तपाई केसलीया खोला तरेर पारी सुनसरी लाग्नु भयो भने पिच नभएको बाटो पाउनु हुन्न पहिले सुनसरीको पिच नभएको गाउँपालीका कुन हो भन्दा बर्जुको नाम आउथ्यो अहिले सबै भन्दा बढि पिच भएको गाउँपालीकामा नाम आउँछ ।
६. ४ नं. वार्डसंग चै सडक संजाल कसरी जोडियो ?
Ò सडक संजाल त जोडियो राम्रैसंग सडकहरु बन्दैछन । अझै धेरै सडक बन्ने क्रममा पनि छन । कुनै इनरुवा हरिनगरा भएर जोडिएका छन । देवानगंज पट्टिबाट जोडिएको छ भारतसंग चाहि हाम्रो सडक अहिले सम्म जोडिएको छैन ।
७. तपाइले किसानको कुरा उठाउनु भयो नि अध्यक्ष ज्यु खास गरी किसानका समस्या भनेका के के हुन याहाँहरुले के मुल्याङ्कन गर्नु भएको छ ?
Ò वास्तवमा हामी पनि एकतहको सरकार हौ । हामी पनि लाचार छौ अहिले सम्म किसानका समस्या धेरै छन किसानका समस्या धेरै छन चाहेर पनि हामिले पुरा गर्न सकेका छैनौ । हाम्रोमा किसानको मुख्य समस्या नै सिंचाई को समस्या हो । पानी हतपत पर्दैन पर्यो भने सबथोक बिनास गरेर लिएर जान्छ । एक विगाह खेत सिंचाई गर्न एक पटकमा चार हजार रुपैंया लाग्छ , धान खेति गर्न एक विगाहमा चार पटक सिंचाई गर्नु पर्छ , यस हिसाबले एक विगाह धान खेतिगर्न ३० , ३२ हजार भन्दा बढी लगानि पुग्छ । किसान ले धान बेच्दा सात सय रुपैंयाँ मनले बेच्नु पर्छ । यो सब कारणले कृषि प्रति किसानकै आकर्षण घट्दै गईरहेको छ । लगानि गरेर पनि प्रतिफल राम्रो नआएपछि किसानले खेतिपाति नै छोड्ने अबश्था छ । जब सम्म मान्छेको आएश्रोतमा बृद्धि हुदैन तब सम्म त्यो ठाँउको विकाश हुन्छ भनेर नचिताए पनि हुन्छ ।