Pariwartan Khabar News, Logo
Menu
  • गृहपृष्ठ
  • समाचार
  • बिचार/ब्लग
  • मनोरञ्जन
  • विजनेस
  • खेलकुद
  • विचित्र संसार
  • अन्तरबार्ता
  • स्वास्थ्य
  • साहित्य
  • सम्पर्क

Comment

ककनीडाँडामा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको ढुंगेबगैंचा

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 20 August 2024
Hits: 60

 



 
 खोटाङ,भदौ ४

झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुंगाले ककनीडाँडा ढपक्कै ढाकिएको छ। प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढुंगैढुंगाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ। 

त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुंगे बगैंचा) निर्माणाधीन अवस्थामा छ। लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो। 

प्राकृतिक रुपमै सजिसजाउ भएका ढुंगालाई थप सजाउने, ढुंगाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुंगालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुंगा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ । हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ। 

Read more ...

Comment

देश दौडाहामा महावीर : राज्यलाई दबाब बढाए, किताब बेचेर १० करोड कमाए

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 20 August 2024
Hits: 51

 

 

 
 
 
 नवीन तिमल्सिना
 २०८१ भदौ ४ गते 

४ भदौ, मकवानपुर । वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् ।

चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए । उनले स्थानीय युवाहरूलाई साथमा लिएर हेटौंडा, मकवानपुरगढीमा कार्यतालिका बनाएर किताब बिक्री गरिरहेका छन् । किताब बेच्दै नागरिकको प्रश्नमा आफ्नो जीवनका भोगाइ, लक्ष्य र राज्यले गरेको व्यवहारका सम्बन्धमा उनी खुल्दै आएका छन् ।

डा. पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए । यसैगरी १० हजार ८ सय ४० किलोमिटर हिँडेको उनी सुनाउँछन् ।

Read more ...

Comment

घट्यो अन्डाको मूल्य

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 19 August 2024
Hits: 57

 

 
 
अनलाइनखबर
 २०८१ भदौ २ गते
 

२ भदौ, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ ।

पछिल्लो पटक २८ असारमा तोकेको अन्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी घटाएको हो ।

२८ असारमा सबैभन्दा ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ,  ठूलो अन्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अन्डा प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो ।

Read more ...

Comment

आज जनैपूर्णिमा, रक्षाबन्धन र राखी पर्व मनाइँदै, के छ महत्व ?

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 19 August 2024
Hits: 62

 

 

 ३ भाद्र २०८१, सोमबार

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् 

रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

Read more ...

Comment

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

Details
Written by Pariwartan Khabar
Category: समाचार
Published: 16 August 2024
Hits: 47

 

 
 

३१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।

Comment

  1. कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
  2. बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ
  3. शेखरले देउवासँग खोजे २०८२ मंसिरमा १५ औं महाधिवेशन हुने सुनिश्चितता
  4. आदिवासी दिवसको दिन सार्वजनिक बिदा

Page 18 of 133

  • 13
  • ...
  • 15
  • 16
  • 17
  • 18
  • 19
  • ...
  • 21
  • 22

ताजा अपडेट

  • झापामा गौहत्या : प्रहरीद्वारा ७ सेल अश्रुग्याँस प्रहार, तीन सवारीमा तोडफोड, दुई प्रहरी घाइते
  • ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।
  • विराटनगरमा ‘पोडवे’ को पहल
  • गौतम बुद्धका अस्थिधातुसँगै फेला परेका रत्नहरू लिलामीमा
  • पाकिस्तानमा मिसाइल आक्रमणबारे भारतले औपचारिक रूपमा बोलेको छ
  • कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो ।

ट्रेन्डिङ

  • राहत दिन सर्वोच्चको आदे
  • खार्जि कोहबराको मुसहर बस्तिमा मध्यरातमा भिडन्त ५ घाईते ७ पक्राउ ।
  • नेपालमा भयावह स्थिति आउन सक्ने अनुमान गर्न सकिन्छ ः मंडल
  • बुढीगंगा गाँउपालीका वडा नं.१ को आ.ब.२०७७ । ०७८ को कार्य प्रगति बिबरण ः
  • उद्योगी पवन सारडालाई कोरोना संक्रमण
Copyright © 2019. All Rights Reserved. Pariwartan Khabar.