फाइल तस्वीर ।
 

२९ साउन, विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।

१ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए । बजेट पास भएलगतै राजनीतिक समीकरण परिवर्तन भएका कारण प्रदेशसभा बैठक अनिश्चित भएको हो ।

केन्द्रमा समीकरण फेरिएसँगै बजेट बनाउँदा सरकारमा रहेको माओवादी केन्द्र अहिले सरकार बाहिर छ ।  तर समर्थन भने फिर्ता लिएको छैन । माओवादी केन्द्रले प्रदेशसभा बैठक सुरु भएपछि सरकारको समर्थनबारे निर्णय गर्ने बताएको थियो ।

Comment

 

 
 
 

२९ साउन,विराटनगर । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको  हो ।

योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले  छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षीय जंगली हात्ती मृत फेला परेको थियो ।

Comment

 

मधेश प्रदेशमा आज सार्वजनिक विदा | शुभयुग

विराटनगर । कोशी प्रदेश सरकारले आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले भोलि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् ।

Comment

यस्ता छन् शेखरले केन्द्रीय समितिमा राखेका १० विषय

 
undefined
काठमाडौं, साउन २७