तस्बिर स्रोत,Reuters
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्।
प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै "समाधान" हासिल हुने पनि बताए। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन।
राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्।
हसिनाको विमान सोमबार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरण आएका छन्।
उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन।
तर कतिपय स्थानीय सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने विवरण प्रकाशन गरिरहेका छन्। तर त्यसको पुष्टि भइसकेको छैन।
यसअघि बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएकी बताएका थिए। समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन्।
ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन।”
विराटनगर । शनिबारबाट नै परीक्षण तथा ट्राफिक नियमबारे सचेतना गरिदै आएको विराटनगरको बरगाछीमा रहेको ट्राफिक लाईट भोली साउन २१ गते सोमबार उद्धघाटन गरी औपचारीक रुपमा संचालनमा ल्याईने भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले ४४ लाखको बजेटमा बरगाछी र उदयपुरको गाइघाटमा ट्राफिक लाईट जडान गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा ट्राफिक लाइट एक महिना अगाडी नै जडान गरिएको थियो । ट्राफिक लाइट जडान गरिए पनि जेब्राक्रस निर्माण र ट्राफिक लाइट सम्बन्धि प्राविधिक पक्षहरु उचित रुपमा व्यावस्थापन नभएका कारण केही दिनको लागी स्थगन गरिएको थियो ।