२४ साउन, काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका छन् ।

शर्मा नेपाली सेनाबाट २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका  छन् । त्यसअघि भोलिदेखि बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी शर्माले करिब ४१ वर्ष सेवा गरेका गरेका छन् ।

 

Comment

२४ साउन, काठमाडौं । बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्ने तयारीमा रहेका मुहम्मद युनुसले देशलाई अराजकता र हिंसाबाट बचाउन अपिल गरेका छन् ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसले आज साँझ शपथ लिने छन् । त्यसका लागि ढाका पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै भने, ‘यदि तपाईंहरुलाई ममाथि भरोसा र विश्वास छ भने देशमा कहीँ पनि हिंसा नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ ।’

अगाडि भने, ‘म यसमा जोड दिन चाहन्छु कि देशलाई अराजकताबाट बचाउनुपर्छ । देशलाई हिंसाबाट बचाउनुपर्छ ताकि विद्यार्थीहरुले देखाएको बाटोमा देशलाई अगाडि लैजान सकियोस् ।’

Comment

 
 
२१ साउन, विराटनगर । कोशी प्रदेशका संसदीय समितिको नेतृत्व भागबण्डामा प्रदेशसभाका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् ।

दुई दलको सहमति अनुसार संसदीय समितिमा राप्रपाले पनि भाग पाउनेछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार आइतबारको छलफलमा नेकपा एमालेले ३ र नेपाली कांग्रेसले दुई वटा समिति सभापति पाउने सहमति भएको छ ।

सातमध्ये एउटा सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाउनेछ । एउटा संसदीय समिति सभापति राप्रपालाई छुट्याइएको छ ।

नेकपा एमालेसँग भागबण्डा छलफलमा कांग्रेसले चार मन्त्री, दुई राज्यमन्त्री र तीन संसदीय समिति सभापति दाबी गरेको थियो । १२ साउनमा चार मन्त्रालय लिने टुङ्गो लागेको थियो ।

Comment