Midsection Of Murderer Holding Blooded Knife Against Black Background  knife murder stock pictures, royalty-free photos & images

डमि चित्र

सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो। 

झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

उनका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते थिए। उद्धार गरी सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो। 

घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ।

प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

‘चार जनालाई नियन्त्रणमा लिएर भेरिफाइ गर्ने काम भइरहेको छ,’ एसपी कार्कीले भने।

Comment

 

के हो क्रिप्टो-करेन्सी, नेपालमा किन प्रतिबन्ध ! Cryptocurrency | के हो  क्रिप्टो-करेन्सी, नेपालमा किन प्रतिबन्ध ! Cryptocurrency #crypto #bitcoin  #Ethereum #Binance | By ...

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टो कारोबार गरिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

Comment

 

Ropai - buy images of Nepal, stock photography Nepal

कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८० दशमलव ३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। कोशीमा गतवर्ष असार १४ गतेसम्म १६ दशमलव ९६ प्रतिशतमा धान रोपाइँ गरिएको थियो ।

Comment

 

 एस पि नवराज कार्की जि प्र का मोरङ्ग

वि सं २०८१ साल अषाढ १३ गते मोरङ्ग जिल्लाको समग्र सुरक्षा गतिविधि बारे परिवर्तन खबर संग जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख ,प्रहरी उपरिक्षक नबराज कार्की ले गर्नुभएको कुराकानीको सार संक्षेप ः
परिवर्तन खबर ः एस पि साब स्वागत छ याहाँ लाइ परिवर्तन खबरमा ?
प्रहरी उसरिक्षक ः धन्यबाद ।
परिवर्तन खबर ः सर तपाइ मोरङ्ग मा आउनुभएको पनि निक्कै समय भयो अहिले मोरङ्गको सुरक्षाको गतिविधि कस्तो छ सर ?
प्रहरी उसरिक्षक ः मोरङ्गको समग्र शान्ति सुरक्षाको स्थिति हेर्दा खेरी अहिले सामान्य नै छ । सन्तोषजनक रहेको छ । अहिले कुनै त्यस्तो अप्रिय ठुलाठुला जघन्य प्रकारका घटनाहरुमा कमि आएको छ ।सामान्य घटनाहरु सडक दुर्घटना बाहेक स्थिति सामान्य नै छ ।

Comment

 
 
 
 
 
काठमाडौं, असार १८