१३ जेठ, वीरगञ्ज (पर्सा) । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।

हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए ।

Comment

 

 
 

१३ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट बनाउँदै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्बको बजेट सिलिङ तोकिदिए पनि त्यसभन्दा ठूलो आकारको बजेटको तयारी अर्थ मन्त्रालयले गरिरहेको हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनामा तोकिएअनुसार साढे १९ खर्ब हाराहारीको बजेटको तयारी भएको मन्त्रालय स्रोतले बतायो । मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ४९ अर्ब ५० करोडको हुनुपर्ने उल्लेख गरेको छ ।

Comment

 

 
 

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका हुन् ।

बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।

Comment

 

 

१३ जेठ, काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो ।

‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा सामान्य मात्र पर्ने छ ।

Comment

 

 

३ जेठ, काठमाडौं । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ ।

ब्यूरोका अनुसार, सप्तरीको सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

Comment