१२ असार, विराटनगर । बाढी पहिरो र चट्याङ लागेर कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा र सुनसरीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । बाढीका कारण मोरङमा तीन, झापामा एक जनाको मृत्यु भएको छ । बाढीमा परी मोरङमा तीन जना बेपत्ता छन् । पहिरोका कारण ओखलढुंगामा एक जनाको मृत्यु भएको छ ।

Comment

 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ ।

 पछिल्लो तीन घण्टामा मोरङ, सिराहाको दोधना, उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षा मापन केन्द्रमा भारी वर्षा भएको विभागले उल्लेख गरेको छ ।

विभागले उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै ती जिल्ला भएर बग्ने नदीको तटीय क्षेत्र र डुबान भइरहने भू–भागहका बासिन्दालाई सकतर्कता अपनाउन आग्रह गरेको छ । दूधकोशी नदी रबुवाबजार बाढीमापन केन्द्र र ओखलढुङगामा जलसतह सतर्कता तह आसपास पुगेको जनाउँदै दूधकोसीको सुनकोसी दोभानसम्मको नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षा भएकाले खुदी खोलालगायतका क्षेत्र भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ ।

Comment

 

 
 

२९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य धवलशम्शेर राणाले प्रहरी सेवामा कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उस्तो आरोप लगाएका हुन् ।

‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ,’ उनले भने, ‘कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको छ । यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरुको मनोवल घट्छ । र यो देशको हितको लागि पनि हुने छैन् ।’

 

Comment

 

रासस

बेलबारी (मोरङ), जेठ २९