१४ कात्तिक, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको पार्क भिलेज रिसोर्टमा मंगलबार दिउँसो भइरहेको एक बैठकमा एक्कासी खैलाबैला मच्चियो ।
काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’ को बैठकको सुरुमै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जंगिएपछि बैठक केही समय तरंगित बन्यो ।