प्रदेश नम्बर एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरूरी रहेको बताए।
आईतबार सधैं भिड भाड रहने राजबंशिचौकको हटिया लाग्ने ठाँउ सुनसान
बिराटनगर , चैत्र ९ गते कोरोना भाईरसको महामारीको हल्ला चलेपछि आज देखि बिराटनगरका साप्ताहिक हाट बजारहरु बन्द गरीएका छन । बिराटनगर महानगर पालिका वार्ड नं ४ स्थित राजबंशिचौकमा हरेक हप्ता आईतबार लाग्ने साप्ताहिक हाट (जसमा करीब बिस देखि पच्चिस हजार मान्छेले किनमेल गर्थे )आज देखि सुनसान बनेको छ ।
केहि तरकारी ब्यापारीहरु हटिया लाग्ने ठाँउ बाट केहि पर नहरको छेउमा पोका फींजाएर सब्जि बेचिरहेका थिए भने स्थानिय जनता भने यस्ताखाले प्रतिबन्दले
भोलिका दिनमा शहरमा महंगी बड्ने र भोकमरी र लुटमारको खतरा बड्ने आशंकामा त्रसित देखिन्छन ।
मानसिक स्वास्थ्यलाई ध्यान दिनु
काठमाडौं, ७ चैत । विश्व स्वास्थ्य संगठनले रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपिन र जीवनशैलीमा विशेष ध्यान दिन अपिल गरेको छ । जेनेभामा पत्रकार ब्रिफिङ कार्यक्रममा संगठनका महानिर्देशक अधानोम टेड्रोसले रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड नाइन्टिनको संक्रमण कम हुने भएकाले सबैलाई आफ्नो खानपिनमा ध्यान दिन आग्रह गर्नुभयो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट बच्न स्वस्थ जीवनशैली अपनाउन दिएका सुझावहरु स्
१। खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । पौष्टिक र सन्तुलित आहारको सेवन गर्ने ।
कोरोना भाईरसको महामारीको हल्ला चलेपछि अहिले गाँउघर तिर माश्क बितरणको लहर चल्न थालेको छ ।
बिराटनगर महानगर पालिका वार्ड नं ४ खार्जिकोहबरा स्थित खार्जि कोहबरा बचत समुहका युवाहरु जयराम यादब , रमेश मंडल , शिबनारायण मंडल लगायतका युवाहरु काहबराको मुशहर बस्तिमा हातधुने साबुन र मास्क निशुल्क बितरण गर्दै ।
प्रदेश नम्बर एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरूरी रहेको बताए।
‘अहिलेलाई नाकाहरूमा अत्यावश्यक वस्तुको आपूर्तिबाहेक दुबैतर्फबाट मानिसहरूको आवतजावत रोक्न पहल गर्ने निर्णय भयो। अब यसको लागि केन्द्र सरकारलाई अनुरोध गर्छौं,’ उनले भने।