विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको त्रास अहिले नेपालमा पनि व्याप्त छ। अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिए पनि शंकास्पद बिरामीलाई अस्पतालका आइसोलेसनमा राख्ने र तिनको नमुना परीक्षण गराउने क्रम जारी छ।
तर अझै पनि हामी सबैलाई नेपालमा कोरोना परीक्षण कहाँ र कसरी गराइन्छ भन्ने थाहा भइसकेको नहुन सक्छ।यसै सन्दर्भमा कोरोना छ कि छैन भनेर परीक्षण गराउने नेपालको एक मात्र प्रयोगशाला काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तै ९ जिज्ञासाको उत्तर दिएको छ।
जसलाई जनहितका लागि यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छः
१। कोरोना भाइरसको परीक्षण कुन ठाउँमा गरिन्छरु
– यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौंमा गरिन्छ।
२। कोरोनाको शंका भएमा नमुना संकलन गर्ने व्यवस्था छ कि छैनरु
– शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने भएकाले नमुना सम्बन्धित अस्पतालले संकलन गरेर यस अस्पतालमा पठाउनुपर्नेछ।
३। संकलन गरिएको नुमना कुन विधि अपनाई प्रयोगशालामा पठाउन सकिन्छरु
– भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन ९२–८ डिग्री सेन्टिग्रेड० गरेर प्रयोगशालामा खपठाउनु पर्नेछ
४। कोरोना भाइरस जाँचका लागि कति पैसा लाग्छरु
– हाललाई यो जाँच प्रयोगशाला निःशुल्क गरिन्छ।
६। कोरोना भाइरस जाँचका लागि कुन कुन नमुना संकलन गरिन्छरु
– यसका लागि परामर्शपछि मात्र जाँच गराउन सकिन्छ।
७। कोरोना भाइरस जाँचका लागि नमुना संकलन कति बजेसम्म गरिन्छरु
– भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन ९२–८ डिग्री सेन्टिग्रेड० गरेर ल्याएको खण्डमा २४सै घण्टा यस प्रयोगशालामा संकलन गरिन्छ –कार्यालय समयमा नमुना संकलन गर्ने ठाउँमा र अन्य समयमा कार्यालय सहायकलाई बुझाउन सकिन्छ।
८। कोरोना भाइरस परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ र कुन ठाउँबाट लिनेरु
– यो परीक्षणको रिपोर्ट आउन २४ देखि ४८घण्टासम्म लाग्छ। लिखित रिपोर्ट यस प्रयोगशालाबाट लिन सकिनेछ। रिपोर्ट पोजेटिभ ९कोरोना संक्रमण भएको० भएका खण्डमा सम्बन्धित अस्पताल र डाक्टरलाई तुरुन्त जानकारी गराइनेछ।ञ
९। यो परीक्षणका लागि सम्पर्क व्यक्तिहरूको मोबाइल नम्बर कुन कुन होरु
डा। श्रवणकुमार मिश्र ९८५११६८२२०
डा। रञ्जित शाह ९८२७७०१४६५
राजेशकुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४० ९रातिका लागि०
नरेश थापा मगर ९८०३१५२१४९ ९रातिका लागि० । (नेपालखबर
टाँडीमा २ सय, झापामा ४० र उदयपुरमा पनि २ सय बेडको क्वारेन्टाइन तयार
विराटनगर । प्रदेश १ सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङमा २०० बेडको क्वारेन्टाइन बनाएको छ ।
नेपाली सेनाको टोलीले बु्धबारबाट सुरु गरी बिहीबार क्वारेन्टाइन निर्माण गरेको हो । टाँडीस्थित नेपाली सेनाको सुर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा यो क्वारेन्टाइनस्थल निर्माण भएको हो ।
संक्रमण हुन नदिनको लागि न्युनतम स्वास्थ्य मापदण्ड कायम गर्नेगरी निर्माण गरिएको क्वारेन्टाईनमा प्रत्येक पालभित्र २÷२ जना अट्ने वेड राखिएको छ । यस्तै पालको दुरी ५ मिटरको फरकमा रहेको छ । २५ ट्वाईलेट÷वाथरुमसमेत रहेको क्वारेन्टाईनसँगै झापाको कल्वलगढी भद्रपुरस्थित ग्रामिण कृषि परिक्षण तालिम केन्द्रमा ४० वेड र उदयपुरको बेलस्रोतमा २०० वेडको क्वारेन्टाईन निर्माण गरिएको नेपाली सेनाको नं। २ बाहिनी अड्डाका वाहिनीपति सहायक रथी यमप्रसाद ढकालले जानकारी दिनुभयो ।
सेनाको पूर्वी पृतना हेडक्वार्टरका सेनानी नारायण सुवेदीका क्वारेन्टाइनमा मोवाइल चार्ज, वत्ती, पंखालगायतका आवश्यक सामाग्री पनि राखिएको छ । त्यसमा खानेपानी पनि सबैका लागि अलग–अलग व्यवस्था छ ।
नेपाली सेनाले तयार पारेको चिकित्सकको टोली कोरोना आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण र उपचारमा परिचालन हुने पूर्वी पृतना सैनिक अस्पतालकी सेनानी डा। सरिता केसीले जानकारी दिनुभयो । क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकको लागि प्रदेश सरकारसँग समन्यव गरिने सेनाले जनाएको छ । क्वारेन्टाइनस्थलमा परिचालन हुन आवश्यक पर्ने उपकरण साथै चिकित्सकहरुको लागि चाहिले आवश्यक बस्तु प्रदेश सरकाले तत्काल प्रदान गर्ने सेनाको भनाइ छ ।
प्रदेश सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद बैठकबाट पारित कोरोना भाइरसको संक्रमण विरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।
सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ ५ टाँडी स्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । सेनाले १०० वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ ।
नेपाली सेना पूर्वी पृतना इटहरीका अनुसार तत्कालको लागि २ सय बेड रहने बनाएको र आवश्यकता अनुसार थप गरिनेछ । डब्लुएचओको मापदण्ड अनुसार क्वारेन्टाइनस्थल बनाएको जानकारी दिँदै सेनाले त्यसमा प्राबिधिक र अन्य जनशक्ति व्यवस्थापन प्रदेश सरकारले गर्ने जनाएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमल थापाले सरकारको निर्णय अनुसार क्वारेन्टाइन निर्माण भएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा अब औषधि, अन्य प्राबिधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी रहेको छ
प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको थियो । प्रदेश सरकारको टाँडीमा एक हजार र श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो
आजको डेड किलो मिटर दैडमा पोखरीया मा वि र पेरागन एकेडेमिको कब्जा
बिराटनगर , फाल्गुण २४ गते , बिराटनगर महानगरपालीका वार्ड नं ३ द्घुारा संचालीत ५ दिने स्कुल स्तरीय वडाध्यक्ष कप खेलकुद प्रतियोगीताको आज चौथो दिन संचालित डेड किलोमिटर दौडमा छात्र तर्फ पेरागन एकेडेमिका आशिस सुन्दास र छात्रा तर्फ पोखरीया मा वि की दिना राजवंशिले प्रथम स्थान हात पारेका छन ।
आज बिहान स्थानिय दुधफारम चौक बाट सुरु भएको दौड प्रतियोगीता कुलिफेन क्बको मैदानमा पुगेर समाप्त भएको थियो । सोहि प्रतियोगीतामा छात्र तर्फ मोडनएराका चित्तनारायण साह द्धितिय र ईडेन नेशनलका प्रज्वल सुवेदी त्रितिय भएका थिए भने छात्रा तर्फ मालबिका की यसु पराजुली द्धितिय र मोडन एरा की रचना दहाल त्रितिय भएका थिए ।
त्यसै गरी आज संचालीत फुटबल खेलमा पोखरीया मा वि लाई ईडेन नेशनलले टाईबरेकरमा जित हातपारेको थियो भने ज्ञान सारथि र मोडनएरा विच भएको खेलमा मोडनएरा लाई ज्ञान सारथिले टाईबरेकरमा जित हात पारी दुबै टीम सेमि फाईनलमा प्रबेश गरेका थिए ।
बिराटनगर, फाल्गुण २५ गते , वडाध्यक्ष कप खेलकुद प्रितयोगिताको आज अन्तिम दिन स्कुल स्तरिय फुटबल प्रतियोगीताको स्थान हासिल गर्दै ज्ञानसारथि बिधालयले फुटबलको प्रथम उपाधि उचाल्यो भने अंक तािलका का आधारमा खेल अबधिभर कै उत्कृष्ट अंक ल्याएर मोडनएरा बिधालयले वडाध्यक्ष कप प्राप्त गरेको छ ।
त्यसैगरी अंक तालिका का आधारमा पेरागन एकेडेमि द्दितिय र पोखरीया मा वि त्रितिय भए भने फुटबल तर्फ ज्ञानसारथि प्रथम , ईडेन नेशनल द्दितिय र पोखरीया मावि त्रितिय भएका थिए ।
प्रमुख अतिथि महानगरपालिकाका मेयर भिम पराजुलि , उपमेयर ईन्दिरा कार्की , नेका महासमिति सदस्य विस्वनाथ रिजाल , नेपालको भलिबल खेलका प्रथम राष्िटय टिम कप्तान ऋषिराज आचार्य , लगाएत खेलकुद र राजनैतिक क्षेत्रका हस्तिहरूको उपस्थितिमा समापन तथा पुरस्कार बितरण गरिएको थियो भने पुर्ब वडाध्यक्षहरू चन्द्र बहादुर बस्नेत , ईश्वर रेग्मी, राजु थापा र राम िघिमरे लाई समारोहमा दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना नेताहरू केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
केन्द्रीय सदस्य मनोनीत हुनेमा रामजनम चौधरी ९कैलाली०, मोहम्मद नसिर सिद्धिकी ९सिराहा०, भारतेन्दुकुमार मल्लिक ९झापा०, हेमराज तातेड ९सप्तरी०, डा। श्री गोपाल दहित ९बर्दिया०, मंगलप्रसाद थारु ९बर्दिया०, योगेन्द्र चौधरी ९दाङ्ग०, हरिप्रसाद न्यौपाने ९मोरङ्ग०, सुमित्रा थरुनी ९सुनसरी०, कल्पना चौधरी ९सुनसरी० र पवनकुमार सारडा ९मोरङ्ग० रहेका छन् ।
‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार, नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ४ ९१०० ९ग० बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानून बमोजिम एकीकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको र उक्त निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका देहाय बमोजिमका सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।