इटहरी । प्रतिपक्षको भुमिकामा रहेको नेपाली कांग्रेस प्रदेश १ का सबै सांसदले प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा १५ दिनको तलब उपलब्ध गराएका छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका मुख्य नेता राजिव कोईरालाले प्रदेशसभा सचिवालयमार्फत् २१ जना सांसदको पन्ध्र दिनको तलब दिने निर्णय भएको बताएका छन् । काईरालाले देश कोरोना भाईरसको ९कोभिड १९० संकटमा रहेको र यसको प्रकोप फैलिन बाट रोक्न जहाँ जस्ले जस्तो सहयोग गर्न सकिन्छ त्यस्तै गर्न पनि आफ्ना नेता,कार्यकर्ता लाई आग्रह गरेका छन् ।
कोईरालाले प्रदेशसभा सचिवालयका सचिवलाई नेपाली कांग्रेसका सम्पुर्ण सांसदको आधा महिनाको तलब सरकारको कोषमा दाखिला गरिदिन पत्राचार गरीसकेको जानकारी दिएका छन् । देशमा आएको विपद्को यो बेला सबैले एक अर्का लाई सहयोग गर्ने बेला भएको बताएका छन् ।

Comment

 


१० चैत, काठमाडौं । कोरोना भाइरस हावामा पनि ३ घण्टा बाँच्ने अध्ययनले पुष्टि गरेको छ। अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको अध्ययनअनुसार कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने तरल पदार्थमा रहेका भाइरस हावामै ३ घण्टासम्म बाँच्ने देखिएको हो।

Comment

 


विराटनगर,१२ चैत । विराटनगर महानगरपालिका वार्ड नम्बर १ स्थित लालीगुँरास टोलबासीले कोराना भाइरस संक्रमण रोकथाम गर्न नयाँ तरिका अपनाएका छन ।
यहाँ टोलबासीले सामुहिक निर्णय गरेर टोल प्रबेश बाटोमा नयाँ व्यक्त्तिलाई प्रबेश निषेध लेखेको सूचना झुण्डयाएर बाँसको तगारो तेरस्याएर नयाँ मानिशहरुलाई टोल प्रबेशमा रोक लगाएका हुन ।
कोरोना भाइरसको संक्रमण फैलाउन नयाँ मानिशहरु शंकास्पद हुनेभएकोले उनीहरुलाई सोझै टोलमा प्रबेश नदिने टोलबासीको निर्णय छ । यसैले यहाँका युवाहरुले सोझै टोलमा आउने नयाँ मानिशहरु रोक्न यो जुक्त्ति अपनाएको स्थानियबासी शम्भु पोखरेल बताउँछन ।

 

Comment

 


१२ चैत्र २०७६, बुधबार
प्रदेश १ स्थित सुनसरीको धरानमा रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको आशंकामा १३ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
बिपि प्रतिष्ठान धरानले भने कोरोनाको परीक्षण गर्ने ल्याब तयार गरिसकेको छ भने । सरकारले किट पठाएसँगै कोरोनाको परीक्षण गर्ने तयारी गरिएको छ।

Comment

 


चैत १२, २०७६
उर्लाबारी,१२ चैत्र । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही सुरु गरिएको छ । आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिएको छ ।

Comment