गएको शनिबार नेपालमा पाँचौ कोरोना संक्रमित पुष्टि भयो। बेल्जियमबाट कतार एयरवेजमार्फत् चैत ४ गते काठमाडौं झरेकी बागलुङ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा अहिले अस्पतालमा उपचाररत छिन्।
स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना पोजिटिभ भएका कारण उनी निरन्तर डाक्टरको निगरानीमा अस्पतालभित्रै छिन्। आफूलाई कोरोनाको संक्रमण नभएको उनी बताउँछिन्। ‘ज्वरो पनि छैन। खोकी पनि छैन। सुरुमा १(२ दिन समस्या भएको हो। अहिले ठीक छु,’ उनले भनिन्।
बेल्जियमदेखि बागलुङ यात्रा
चैत ३ गते बेल्जियमबाट नेपालका लागि उडेकी अंशुको कतारमा ट्रान्जिट पर्योक। ३ घण्टा ट्रान्जिटमै विताइन् उनले। प्लेनबाट निस्किए पनि एयरपोर्टबाट बाहिर गइनन्। ‘केही खाएको पनि छैन। कसैलाई भेटेको पनि छैन। जहाजबाट चाहिँ ओर्लिएँ। तर कतै गएको थिइन्,’ उनले भनिन्। ४ गते उनी कतार एयरवेजकै अर्को प्लेन चढेर काठमाडौं झरिन्। उनको साथमा हजुरआमा पनि थिइन्।
काठमाडौंमा बाबु लिन पुगेका थिए। सुरुमा माइक्रोबाट पोखरा आउने भनेर उनीहरु ट्याक्सी चढेर बाहिर निस्किए। तर पछि मुड चेन्ज भयो। यति एयरको प्लेनबाट पोखरा आए। पोखरा विमानस्थलबाट ट्याक्सी चढेर हरिचोक पुगे। हरिचोकमा जीप समाते। जीप चढेर सीधै बागलुङको कुँडुले पुगेकी उनी घरबाट खासै निस्किइनन्।
कतै गएको छैन
बागलुङ पुगेपछि उनी आफूले ल्याएको चकलेट साथीहरुलाई बाँडिन्। केही होहल्लाहरु पनि भए, उनी पूजामा गएको भन्ने। ‘म कतै पूजामा गएको छैन। मन्दिरमा पनि गएको छैन। साथीहरुलाई पनि रोग लागेको छ भन्ने थाहा पाएर भेटेको हैन,’ उनी भन्छिन्, ‘अलि धेरै नेगेटिभ कमेण्ट पनि आउने रहेछ। पोजिटिभ भएको खबर आएपछि म घरबाट निस्केकै छैन। क्रिपया नेगेटिभ कमेण्टहरु नगरिदिनुहोला।’
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई बम्पर प्याकेज दिएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ । राष्ट्र बैंकले आजै ९आइतबार नै० सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
बिराटनगर , चैत्र १६ गते सरकारले लकडाउनको समय बढाउने तयारी थालेपछि बिराटनगर महानगरपालीका र यसका १९ वटै वडाहरुले पनि राहत ब्याबस्थापनको तैयारी थालेका छन ।
त्यसैगरी बिराटनगर वार्ड नं. ३ का वडाध्यक्ष बिनोद बस्नेतको अध्यक्षतामा बशेको वडा स्तरीय बिपत ब्याबस्थापन समितिको बैठकले महानगरको निर्दैशन बमोजिम हरेक वार्डलाई २० देखि ३० घरको युनिटमा बिभाजन गरी हरेक युनिटमा एकजना भरपर्दो टिमलिडर सहित पाँचजनाको युनिट एक्सन टिम बनाई वडामा बिदेशबाट आएका ब्याक्ति र तिनको संख्या यकिन गरी प्रतिबेदन तयार गर्नै जिम्मेवारी दिने र्निणय गरेको छ।
जहिले पनि संचार माध्यमलाई प्रयोग गरेर झुठको राजनिति गर्न चाहने बेलका नगरपालीका का मेयर लाई भुनौति दिंदै काँग्रेशका युवानेता लबराज अधिकारीले लेखे खुल्लापत्र पढ्नोस जस्ताको तस्तै ः
आदरणीय सत्ता पक्ष तथा प्रतिपक्षी प्रमुख ज्यु
यो संकटको घडीमा सामाजिक सञ्जालमा दन्तबझान गरि आरोप(प्रत्यारोप गर्नु सर्वथा सान्दर्भिक हैन । बेलका नगरपालिका
।
काठमाडौँ — कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।