बिराटनगर , चैत्र १६ गते सरकारले लकडाउनको समय बढाउने तयारी थालेपछि बिराटनगर महानगरपालीका र यसका १९ वटै वडाहरुले पनि राहत ब्याबस्थापनको तैयारी थालेका छन ।
सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ ।
काठमाडौं । लकडाउनको बेला बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न पाइने भएको छ ।
देशव्यापी लकडाउनवाट नगरक्षेत्रका अतिबिपन्न ,सुकुम्वासीहरुलाई पर्न सक्ने खाद्यान्न अभावलाई व्यवस्थापन गर्न विराटनगर महानगरले विपद राहत कोष बनाएको छ । कोषमा महानगरले १ करोड रुपैया जम्मा गरेको मेयर भीम पराजुलीले जानकारी दिए । विपतको बेला सहयोगीहातहरुको आबश्यक भएको भन्दै मेयर पराजुलीले नगरवासी सवैमा सहयोग गर्न अपिल गरेका छन् । उनले आफ्नो १ बर्षको सेवा सुविधा बापत पाउने सवै रकम कोषमा जम्मा गर्ने जानकारी दिए ।
बिराटनगर, १३ चैत्र । मान्छे कि त दुःखको बेलामा चिनिन्छ कि त सुखको बेलामा चिनिन्छ । दुःखको बेलाका साथी दीर्घकालिक वा टिकाउको हुन्छ । डा। सुनील शर्मा जनतलाई दुःख पर्दाका रणनीतिक साथी सावित भएका छन् । उनले आफ्नो नाफामा चलिरहेको व्यवसायलाई कोरोना भाइरसबाट संक्रमितलाई बचाउन तीन महिना प्रयोग गर्न दिएका छन् ।