१६ मङ्सिर, काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दिनअघि मात्रै उक्त गाडी नेपाल भित्र्याएको हो ।

गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन । केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेशन अन्तिम चरणमा छ । यही मङ्सिर मसान्तसम्म उक्त स्टेशन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने ल्याएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा. विराजसिंह थापा बताउँछन् ।

Comment

 

१५ मंसिर, विराटनगर ।कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ  ।

प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०-८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट छुट्याएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली कांग्रेससँगै नेकपा एमाले, र माओवादी केन्द्रको कार्यालय भवन बनाउन चार करोड ७५ बजेट विनियोजन गरेका हुन् ।

कांग्रेस प्रदेश समितिको भवन मोरङको कटहरी गाउँपालिका– २ मा  निर्माणधीन छ । पार्टी कार्यालयको नाम शुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन राखिएको छ । गत वर्ष एक करोड विनियोजन भएपछि निर्माण थालिएको यो कार्यालयका लागि यो वर्ष दुई करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

सुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन नाममा एक करोड ५० लाख र शुशील विश्वेश्वर स्मृति प्रतिष्ठान भवनका नाममा थप एक करोड छुट्याइएको छ । दुवै नाम गरेको भवन पार्टी कार्यालय नै भएको कांग्रेस प्रदेश समिति स्रोतले बताएको छ ।

एमाले मोरङको कार्यालय विराटनगर ११ पाञ्चालीमा पर्छ । मदन स्मृति नाम दिइएको दुई तले भवनको पहिलो तल्लामा जिल्ला कमिटी र दोस्रो तल्लामा प्रदेश कमिटीको कार्यालय छ ।

एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्यालय प्रयोजनका लागि स्मृति प्रतिष्ठानको तला थप गर्ने तयारी छ । त्यसका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ ।

सत्तारुढ माओवादी केन्द्रको प्रदेश कार्यालय बुढीगंगा गाउँपालिका–२ मा निर्माणधीन छ । डोलराज कोइराला सामुदायिक स्मृति भवन नाम दिइएको यो भवन बनाउन गत वर्ष ४० लाख बजेट विनियोजन भएपनि खर्च भएन ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । डोलराज कोइराला स्मृति सामुदायिक भवनका लागि १ करोड ५० लाख र डोलराज कोइराला स्मृति सभाहलका लागि २५ लाख रुपैयाँ छुट्याएको हो ।

कांग्रेस र माओवादीको पार्टी कार्यालय रहने भवन शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले गरिरहेको छ । यही कार्यालयले एमालेको भवनमा तला थप्नेछ । कार्यालयका निमित्त प्रमुख रुद्रनारायण मिश्रका अनुसार कटहरी –२ मा गत वर्ष एक तले भवनको स्टमेट अनुसार निर्माण सुरु भएको थियो ।

एउटा शौचालयका लागि पाँच करोड

प्रदेश सरकारले इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा एउटै शौचालय  बनाउन पाँच करोड बजेट छुट्याएको छ ।

इलाम क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेश सांसद शम्शेर राई बिनाविभागीय मन्त्री छन् । सरकारको प्रवक्ता समेत रहेका उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने श्रीअन्तुमा चेन्जिङ रुम सहितको शौचालय बनाउन पाँच करोड रुपैयाँ रातो किताबमा पारेका हुन् ।

यसबारे प्रदेशसभामा प्रश्न उठेको थियो भने खर्च कटौतीका लागि प्रस्ताव पनि परेको थियो । प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले कानुनको सुविधा प्रयोग गरेर नमिलेको ठाउँमा मिलाउने बचन दिएपछि खर्च कटौतीको प्रस्ताव राख्ने संसदले त्यसलाई फिर्ता लिएका थिए ।

Comment

 

 

विराटनगर, ६ मंसिर, बाह्रौं राष्ट्रिय कर दिवशको अवसरमा इटहरी उद्योग वाणीज्य संघको आयोजनामा इटहरी स्थित उद्योग वाणीज्य संघको हलमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरियो ।
इटहरी उद्योग वाणीज्य संधका अध्यक्ष जिवन पराजुलीको सभापतीत्वमा आयोजीत उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालय

Comment

टेक नाथ घिमिरे रतुवामाई उद्योग वाणीज्य संघ

 

मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले कोशी प्रदेशका विभिन्न जिल्लाका ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा रतुवामाई उद्योग वाणीज्य संघ मोरङ्ग का अध्यक्ष टेकनाथ घिमिरे  संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।
प्रश्नः स्वागत छ याहाँलाई परिवर्तन खबर डट कममा ।
उत्तरः धन्यवाद ।
प्रश्नः याहाँ उद्योग व्यावसायीसंग जोडिएको क्षेत्रमा हुनुहुन्छ, कति समय देखी व्यावसायको क्षेत्रमा कार्यरत हुनुहुन्छ ?
उत्तरः म यो रतुवामाई उद्योग वाणीज्य संघको संस्थापक अध्यक्षको रुपमा कार्यभार सम्हाली रहेको छु । भने व्यावसायको क्षेत्रमा १५ वर्ष देखि लागी रहेको छु । फारमीङ्ग, टे«डीङ्ग ,उद्योग, प्रा.ली. गरेर ३,४ वटा व्यावसाय अहिले म गरिरहेको छु । र यसक्षेत्रका समग्र उद्योगी व्यावसायी साथीहरुको नेतृत्वदायी भुमिका पनि निर्वाह गरि रहेको छु ।

Comment

जिवन पराजुली अध्यक्ष इटहरी उद्योग वाणीज्य संघ

मुलुकमा ब्याप्त आर्थिक तरलताले उत्पन्न गरेको संकटबाट उधोग ,बाणीज्य , ब्यापार र उत्पादनका क्षेत्रमा पर्न गएको असरका बारेमा परिवर्तन खबरले कोशी प्रदेशका विभिन्न जिल्लाका ब्यापार , ब्याबसायका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रमुख तथा पदाधिकारीहरु संग सारसंक्षेप कुराकानि गरेकोछ । सोहि कुराकानि लाई प्रश्तुत गर्ने क्रममा सुनसरी जिल्लाको इटहरी उप महानगर पालिका स्थित इटहरी उधोग बाणीज्य संघका अध्यक्ष जिवन पराजुली संग गरिएको कुराकानि लाई छोटकरीमा प्रश्तुत गरिएको छ ।
प्रश्नः जिवन सर हार्दिक स्वागत गर्न चाहन्छु परिवर्तन खबर डट कममा ।
उत्तरः हवस, नमस्ते

Comment