विराटनगर । दलीय भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गरेको प्रदेश नं. १ सत्तारुढ गठबन्धनले आईतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पुर्णता प्रदान गरेको छ ।
विराटनगर । पछिल्लो समय विरामीका आफन्तहरुले अस्पताल र चिकित्सकहरुको लापरवाहीले विरामीको मत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ । तर, यस्तो पनि अस्पताल छ, जहाँ विरामीका आफन्तले मायाँ मारिसकेकालाई पुनः जीवन दिएका छन् ।
पछिल्लो एक महिना दिनको अन्तरमा विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुइ जना विरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका – ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको ‘लक्ड–इन–सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको जटिल प्रकारको सफल उपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।
पुस १९ गते भएको रमाइलो जेसिज शाखाको वार्षिक साधारण सभा २०२२ बाट अध्यक्षमा सर्ब सम्मत त्रिभुनाथ फुयाल (सन्तोष )निर्बाचित हुनु भएको छ । रमाईलो शाखाको चौथो साधारण सभा तथा शाखा अधिबेसन रमाइलो साकोस कानेपोखरी ६ को सभा हलमा सम्पन्न भएको हो ।
काठमाडौं १७ पुष- अटो होस्ट प्रालिले नयाँ मोडेलको इलेक्ट्रिक कार डेरी एम ७ नेपालमा ल्याएको छ । कम्पनीले डेरी ब्राण्डको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याएको हो ।अटो होस्टले नयाँ परिमार्जन सहित आएको डेरी एम ७ को मूल्य नेपाली बजारमा २१ लाख रुपैयाँ कायम गरिएको छ । यो गाडी किन्न चाहाने ग्राहकहरुले ४ लाख २० हजार डाउन पेमेमेन्ट गरि खरिद गर्न सक्नेछन् ।