az
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केही नेताहरुले पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा गुन्डागर्दी देखाइरहेको आरोप लगाएका छन् । आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि कांग्रेसका नेता तथा प्रदेश २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेको विरोधमा जारी धर्नामा ऐक्यबद्धता जनाउँदै नेता कोइरालाले यस्तो बताएका हुन् ।
विराटनगर । सत्तारुढ नेपाली काँग्रेसले मोरङसहित सात जिल्लाको क्रियाशील सदस्यता नामावली बुधबार सार्वजनिक गरेको छ ।
मोरङ, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको हो ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार यससँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छ । काँग्रेसमा अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।
दुइ तिहाइ वहुमतको वामपन्थी सत्ताको पतनसंगै भएको सरकार परिवर्तन, कोरोनाको दोश्रो लहरको पुनारागमन र नेपाली काँग्रेशको आसन्न १४ औं महाधिवेशको चर्चाले मुलुक यति वेला तरंगीत वनेको छ ।
सर्वोच्च अदालतको निणर्य वाट के.पी. ओलीको सत्ता पतन पछि नेपाली काँग्रेशका सभापती सेर वहादुर देउवाको नेतृत्वमा वनेको गठवन्धन सरकारले कोरोना महामारी विरुद्धमा खोप अभियान लाई प्राथमिकता दिएर अगाडी वढाएपछि जनतामा केहि सन्तुष्टि देखिए पनि यतिवेला नेपाली काँग्रेशको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका स्थगीत भएपछि अहिले महाधिवेशनको नया मिति र विभिन्न तहका पदहरुमा काँग्रेश कार्यकर्ताहरुको उमेदवारी घोषणाले ब्यापक चर्चा पाएको यसै सन्दर्भलाई समेटेर परिवर्तन खबर डट कम डट एनपि ले नेपाली काँग्रेश मोरड्डका सभापती पदका लागी आफ्नो उमेदवारी घोषणा गर्नु भएका वर्तमान सभापती डिग वहादुर लिम्वु सँग गरिएको कुराकानीको सार संक्षेप प्रस्तुत गर्ने जमर्को गरेको छ ।
काठमाडौं । प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन तीन महिना पर धकेलिएको छ । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । बैठकले तल्ला तहको अधिवेशन भने भदौ १८ गतेदेखि नै सुरु गर्ने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् ।