२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

Comment

 

 

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।

जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आइतबार उम्मेदवारी फिर्ता लिए ।

Comment

 

काठमाडौं।

नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीलाई शेरबहादुर देउवाको भन्दा बढी क्षमता चाहिएको आत्मसात सबैले गर्नुपर्ने बताएका छन् ।

आचार्यले भने, “प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाजीको भूमिका र योगदानमा हामी विमति नराखौंला । तर पार्टीलाई देउवाजीको भन्दा बढी क्षमता चाहिन्छ भनेर नै उहाँकै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले विकल्प खोजिरहनुभएको छ ।

Comment