विराटनगर — विराटनगर महानगरपालिकाले अन्यत्रबाट यहाँ आएर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्यााउन उनीहरुको लगत संकलन सुरु गरेको छ । उनीहरु घर जान चाहे घरसम्म महानगरले नै पुर्यायउन र घर नजानेलाई लकडाउनको अवधिभर खाद्यान्नको व्यवस्था महानगरले गर्ने तयारी गरेको छ ।

Comment

 


काठमाडौँ
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन् । पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन् ।
आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

Comment

 

 

८ वैशाख, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखहरूको भेला सम्पन्न भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सोमबार दिउँसो जंगीअड्डामा भेला भएर समसामयिक विषयमा छलफल गरेका हुन् ।

 

 

जंगीअड्डा स्रोतले यो भेटघाटलाई नियमित भनेको छ ।

एक उच्च सुरक्षा अधिकृतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक नेतृत्व सम्हालेपछि हरेक महिना सुरक्षा निकायको समन्वयात्मक छलफल गर्ने गरेका छन् । सोमबारको छलफल त्यसैको निरन्तरता भएको ती अधिकृतले दाबी गरे ।
उनले सोमबारको छलफलमा कोभिड–१९ नियन्त्रण र समन्वयबारे कुराकानी भएको पनि सुनाए ।
छलफलमा प्रधानसेनापति थापासहित नेपाल प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेश अधिकारी सहभागी थिए ।

Comment

 

काठमाण्डौ । सोमबारको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याउने प्रस्ताव गर्दा मन्त्रीहरुले विरोध गरे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भूसाल, उर्जामन्त्री वर्षमान पुनले देश कोभिड–१९ संक्रमणको लडाईमा प्रतिबद्ध र एक भई लाग्नुपर्ने बेलामा यस्ता अध्यादेश ल्याउन नहुने भन्दै विरोध गरे ।
आफ्नो प्रस्तावको विरोध गर्नेहरुलाई थुमथुम्याउँदै प्रधानमन्त्रीले भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘यो अध्यादेश नेकपाको हकमा लागू हुँदैन, ढुक्क हुनुहोस् । लोकतन्त्रको रक्षाका लागि यो आवश्यक छ ।’

Comment

 



काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्रको किचलो गम्भीर मोडमा पुगेको छ । घटनाक्रमहरु यसैगरी बढ्ने हो भने नेकपा निकट भविष्यमै विभाजित हुने संकेतहरु देखिएका छन् ।
पूर्व माओवादी समूह, पूर्व एमाले समूहबाट माधव नेपाल खेमा र वामदेव गौतम खेमाले पछिल्ला दिनहरुमा केपी ओली नेतृत्वको सरकार ढालेर माधव नेपालको नेतृत्वमा सर्वदलीय सरकार बनाउन गरेको प्रयास र दौडधूपको सूइँको पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय संकटका बीच आफूलाई सहयोग हुने गरी पार्टी फुटाउन सकिने अध्यादेश पास गराएका छन् ।
संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबारको मन्त्रीपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । अध्यादेश आजै जारी हुने संभावना छ ।

Comment