बिराटनगर , जेष्ठ १६ गते , बुढिगंगा गाँउपालिका का अध्यक्ष बालचन्द्र माझिले आज बुढिगंगा ३ को नेमुवा स्थित सरस्वती सदन आधारभुत बिधालयको जग्गामा एकसमारोहका विच टंकिसिनवारी खानेपानी आयोजनाको सिलान्यास गर्नुभयो ।
टंकिसिनवारी सहलगानि खानेपानी तथा सरसफाई आयोजना र नेपाल सरकारको संयुक्त लगानिमा ४५ करोड ९६ लाख ७ हजार १३२को जम्मा स्विकृत लागत स्टिमेट भएको यस आयोजनाको स्विकृत ठेक्का रकम भने २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैंया रहेपनि यसमा थप ३० प्रतिशत रकम उपभोक्ताको तर्फबाट टंकिसिनवारी सहलगानिले ब्यर्होनु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
२०७७ साल जेष्ठ ११ गते गणतन्त्र दिवश र इस्लामहरुको चाड इदउल फित्रको अवसरमा कोरोना भाइरसको महामारी र नेपालको समसामयीक राजनैतिक घटना क्रममा आधारीत भएर नेपाली कांग्रेश मोरङ्ग जिल्ला समिति सदस्य दिना मण्डलसंग गरिएको कुराकानिका केहि अंशः–
१। दुइ तिहाइका साथ वामपन्थि दलहरुको सरकार छ तर जनता असन्तुष्ट छन, जन चाहना अनुरुप काम गर्न सरकार असफल भएको, भ्रष्टचारमा डुवेको, जनतालाई शु–सासनको अनुभुति दिन नसकेको भन्ने आरोप छ र नेपाली काँग्रेसले पनि प्रमुख प्रतिपक्षको भुमिका इमान्दारी पुर्वक निर्वाह नगरेको भन्छन तपाइ मुलुकको प्रतिपक्ष दलको जिम्मेवार राजनैतिक कार्यकर्ता र समाजसेवि भएका नाताले अहिलेको राजनैतिक परीस्थिति र यो महामारीका बारे तपाइको धारणा के छ ?
विराटनगर। लामो लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको छ।
महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो। महानगर प्रमुख भीम पराजुलीले यसअघि मुख्यमन्त्रीको संयोजकत्वमा रहेको संकट व्यवस्थापन समितिले पनि यहीअनुसारको निर्णय गरेको जानकारी दिए।
काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रामक समाचार लेख्ने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन(प्रसारण नहुने गरी ब्लक गरेको छ । चैत ११ गतेदेखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै ७० वटालाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भएर लागेको काउन्सिलले सम्बन्धित निकायमा दर्ताबिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने ७० अनलाइन सञ्चारमाध्यमहरुलाई ब्लक नै गरेको हो ।
काठमाडौं । भारतले आन्तरिक उडान खोल्ने घोषणा गरेलगत्तै यता नेपाल सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो । हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।