विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेका विपन्न तथा असाय परिवारले महानगरपालिकाबाट खाद्यान्न राहत पाउने भएका छन् । यसका लागि आगामी चैत्र २२ गते शनिवारबाट राहत बाढ्ने तयारी भइरहेको बताइएको छ । कोरोना संक्रमणका कारण देश लकडाउन भइरहेका बेला विराटनगर महानगरपालिकाले सवै वडामा विपन्न परिवारको पहिचान सहितको डाटा निकालेको छ ।

Comment

 

काठमाडौ । सरकारले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप हुने निश्चित भएको छ । कोरोनाका छैटौं संक्रमित फेला परेसँगै सरकारले लकडाउनको अवधि बढाउने भएको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोश्रोपटक गरिएको लकडाउन २५ चैतमा सकिँदैछ ।

Comment


बिराटनगर , चैत्र २० गते , बिराटनगर महानगरपालीका मा लकडाउन उल्ल्ंघन हुने गरी ठाँउ ठाँउमा साँझपख भिड बढ्नथाले पछि नियन्त्रण गर्न मोर∙ प्रहरीको अगुवाईमा महानगरका वडाहरु संग मिलेर प्रहरीको साथि म अभियान सुरु गरीएकोछ ।
सोहि अभियान अन्तरगत आज बिराटनगर वार्ड नं ३ र जिल्ला प्रहरी मोरड्डको आयोजनामा स्थानिय १० जना युवाहरु रमेश गुरुड्ड , विशाल खतिवडा , अंकित पोख्रेल , नकुल मगर , दिपेश भट्टराई , सविन भट्टराई , निरञ्जन ढड्डगाना ,सन्तोष शर्मा , टिका प्रसाद पराजुली, र मुकेश थापामगरलाई प्रहरीको साथि म लेखिएको गन्जि मास्क र पंजा प्रदान गरीएको थियो । बिराटनगर ३ का वडाध्यक्ष विनोद बस्नेत र जिल्ला प्रहरी कार्यालय मोरड्डका प्रहरी निरीक्षक ऋषिराज ढकाल ले युवाहरुलाई अहिलेको अबस्थामा दिईएको जिम्मेवारीले राष्ट्र र जनता प्रति जिम्मेवार बनाउन सिकाउने बताउनु भयो सो कार्यक्रममा वडा सचिब जोगेन्द्र विश्वास वडा सद्यस्यहरु कैलाश भट्टराई,ईन्दु सुबेदी , फुलसरी परीयारको पनि उपस्थिति रहेका ेथियो । प्रहरी निरिक्षक ढकालका अनुसार प्रतयेक वार्डमा १० जना युवालाई यस अभियानमा सहभगी गराउने र बिराटनगरका सबै वार्डमा अभियान लैजाने बताउनु भयो । हेर्नुस फोटो फिचर ः

Comment

 

 

काठमाडौं– नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको जानकारी दिए । त्यही जहाजमा चैत ४ गते आएका दुई जनामा यसअघि नै कोरोना पोजेटिभ देखिएको थियो ।

 

Comment

 

कोरोनाबाट एकैदिन ३८०० बढी
काठमाण्डौ । पछिल्लो २० घण्टाको अवधिमा विश्वभर ३ हजार ८५१ बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण कम हुनुको साटो झनै भयावह बन्दै गएको यो तथ्यांकले देखाउँछ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २० घण्टामा सबैभन्दा बढी इटलीमा ७२७ संक्रमितको मृत्यु भएको छ । अब यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १३ हजार १५५ भन्दा बढी पुगेको छ ।

Comment