विराटनगर महानगरपालिकाले लकडाउनवाट प्रभावित भएका नगरबासीहरुलाई आइतवारवाट राहत बितरणको कार्य शुरु गरेको छ ।
नगरमा वसोवास गर्ने विपन्न, सुकुम्वासी, अपाङ्ग, दैनिक श्रमिक लगायतका न्यून आय भएका २६ हजार नागरिकहरुलाई खाद्यान्न राहत वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।
काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीको ञासपछि विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत ४ देखि चैत २३ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो ।
छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर उनीहरु नेपाल आएका हुन् । यसमध्ये जहाजमार्फत ४५८ जना छन् । उनीहरु चैत ४ गते कतार एयरवेजबाट १८५, चैत ६ गते एयर अरेबियाबाट १७० र भारतको विस्तारा एयरबाट १३० जना नेपाल आएका थिए । बाँकी सबै भारतबाट नेपाल आएको बताइएको छ । काठमाडौँमा ११७ जना विदेशबाट फर्किएका नेपाली सेल्फ क्वारेन्टाइनमा बसिरहेको मन्त्रालयले जनाएको छ । उनीहरु दुबई, फ्रान्स, टर्की, साउदी अरब र अष्ट्रेलियाबाट आएका हुन् ।
नेपालमा पहिलोपटक गत माघ ९ गते एक नेपालीमा कोभिडको सङ्क्रमण देखिएको थियो । पछिल्लो पटक चैत १० गते अर्का एक नेपालीमा कोभिडको सङ्क्रमण भेटियो । हालसम्म नौजनामा कोभिडको सङ्क्रमण भेटिएको छ । यीमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट कोभिडको रोकथाम तथा व्यवस्थापनका सम्बन्धमा गरिरहेका कामको जानकारी दिन आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । कोभिडको प्रभाव नियन्त्रणका लागि देशभरका स्थानीय तहले सक्रिय रुपमा भूमिका निर्वाह गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोभिडको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय तहले सक्रियतापूर्वक काम गरिरहेको र उनीहरुको प्रोत्साहनका लागि मन्त्रालयले आवश्यक सहजीकरण गरिएको बताउनुभयो । उहाँले कोडिभ नियन्त्रणसम्बन्धी उच्चस्तरीर समितिले गरेको निर्णय सबै ७५३ वटै स्थानीय निकायलाई निर्देशन गरिएको र आवश्यक जानकारी पनि उनीहरुबाटै लिइरहेको जानकारी दिनुभयो ।
मन्त्रालयले गत चैत ४ गते नै सातवटै प्रदेशमा सातजना उपसचिव सम्पर्क व्यक्ति तोकी निजहरुमार्फत स्थानीय तहसँग सम्पर्क, समन्वय र सहजीकरण तथा सूचना व्यवस्थापनको काम निरन्तर भइरहेको उल्लेख गरेको छ । प्रवक्ता अधिकारीले कोभिडको सङ्क्रमण रोक्न स्थानीय तहको सहजीकरण र समन्वयका लागि सबै प्रदेशमा मन्त्रालयका सातजना उपसचिवलाई सम्पर्क व्यक्ति तोकी यथार्थ जानकारी लिइरहेको बताउनुभयो ।
डा।केदार कार्की
परिचय
कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ ्र कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ कालो हुन्छ ।
इटहरी र सुनसरी इटहरी उपमहानगरपालिका १८ स्थित जतपुर मस्जीदमा आश्रय लिएर बसेका ८ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरुलाई आवश्यक स्वास्थ्य परिक्षणका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाव परिक्षणका लागी पठाएको छ ।
काठमाण्डौ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउन पुनः लम्ब्याउने तयारी थालिएको छ । स्वास्थ्य विज्ञहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरुको प्रशंसा गर्दै जोखिमलाई कम गर्न लकडाउनको अवधि अझै लम्ब्याउनुपर्ने सुझाव दिएपछि सरकारले लकडाउन लम्ब्याउने तयारी थालेको हो । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ डा। खेम कार्कीले आफूहरुले सरकारलाई लकडाउनको अवधि अझै एक साता लम्ब्याउन सुझाव दिएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको यो सुझावको विषयमा सरकारका मन्त्रीहरु समेत सकारात्मक छन् ।