भूकम्पले बाजुरामा भत्केको एउटा घर ।

१० माघ, धनगढी । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ ।

Comment

 

 

सप्तरी , माघ ७ गते , सप्तरी जिल्लाको हनुमान नगर कंकालीनी नगरपालिका को आयोजना र गोल्डेन हस्पिटल प्रा. ली विराटनगरको प्राविधिक सहयोगमा हनुमान नगर कंकालीनी नगरपालिका वाड नं ८ को वडा कार्यालय भवनमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भ्एको छ ।

Comment

अस्पतालमा उपचाररत शिशु र उमदेवी मुखिया ।

४ माघ, विराटनगर । १९ दिनका शिशुले दूध नखाएपछि उमादेवी मुखियालाई आफन्त र छरछिमेकीले अस्पताल लैजान सल्लाह दिए ।

बुधबार बिहान विराटनगर १० मा रहेको माइती घरबाट श्रीमान दीलिप मुखियासहित आफन्तले एम्बुलेन्समा ल्याएर शिशुलाई कोशी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरे । जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भए पनि बच्चा जन्मिएपछि उमादेवी माइतीघर विराटनगर १० आएकी थिइन् ।

अस्पताल पुगेको केही समयपछि चिकित्सकले शिशुको धडकन नचलेको भन्दै मृत घोषित गरे । १९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवावासी चल्यो ।

Comment

५ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Comment

विराटनगर , सधैं भिडभाड र अब्यबस्थित देखिने बरिाटनगर स्थित सिमा नाका रानी अहिले निकै ब्याबस्थित देखिन थालेको छ ।
भारतिय बजार जोगबनि मा किनमेल गर्न जाने र आउनेको भिड संगै मोटरसाइकल , सिटिरिक्सा , अटो , मोटर गाडी लगाएत को पार्किङ्ग र तिनमा चढन चाहने यात्रुको ठेलम ठेल भिडले रानी नाका सधैं अब्यबस्थित , फोहर गन्ध युक्त थियो । हाल सो नाकाको ब्यबस्थित पार्किङ्ग र सवारी नियन्त्रणले नाका सफा सुग्र र खुल्ला देखिन थालेको रानी नाकाका भेन चालक राकेश कार्की बताउछन ।

Comment