हरि अधिकारी 

४ कात्तिक, विराटनगर । संघीय सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्न नसक्ने भन्दै हात उठाएपछि विराटनगरका निजी अस्पतालले शुल्क लिन थालेका छन् ।

विराटनगरमा निजी क्षेत्रबाट नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्यूरो अस्पतालले कोभिड-१९ अस्पताल सञ्चालन गरेका छन् । प्रदेश सरकारले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।

Comment

 

 

३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छिन नमिल्ने बताएका छन् ।

सरकारले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले कोरोना बिमा गरेको त्यसबाट कट्टा गर्ने बताएको थियो, जसको चौतफी आलोचाना भएको छ ।

Comment

 

बिराटनगर, २ कार्तिक २०७७ , डोकानिया परिारको तर्फबाट रेखादेवि डोकानिया ले उपलब्ध गराउनु भएको कोरोना भाईरश बिरुद्धको माक्स तथा सेनिटाईजर बुढीगंगा २ का चारसय बिपन्न तथा दलित परिवार लाई १ नं. प्रदेशसभा सदस्य माननिय चुमनारायण तबदारले वितरण गर्नुभयो ।

Comment

 

 

 

4 कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

Comment

लेखक ः राजन के शी
व्रम्हाण्डमा पृथ्वी जस्तो सवै कुराको अनुकुलता भएको अर्को ग्रह अहिले सम्म कहि कतै पत्ता लागेको छैन । जैविक विविधताले भरिपूर्ण भएको हावापानी, वासस्थान, खाद्यान्न लगायत सवै आधारभूत आवश्यकताहरु सहज प्राप्त हुने विविधायुक्त भौगोलिक धरातलीय पृस्ठभूमि भएको पृथ्वीमा मूलत वातावरणीय असन्तुलन हुने गरी मानिसहरु द्वारा नै प्रकृति–पर्यावरण विरोधी काम र कृयाकलाप गरीरहेकाले आज हामीहरु यस क्षेत्रमा अकल्पनीय समस्याहरु, संकटहरु तथा महामारी व्योहर्न वाध्य भएका छौं । यस पृथ्वीमा करीव ८७,००,०००÷– सतासी लाख जैव प्रजाती, ३,९१,०००÷– वनस्पती प्रजातीहरु समेत लोपोन्मुख भैराखेका छन ।

Comment