१३ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको साढे २ करोड डोज खोप नेपाल आउने खबरले मंगलबार एकाएक बजार तात्यो । यस्तो खबर आउनुको कारण हो, रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले गरेको घोषणा ।
आरडीआईएफले भनेको छ, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’
महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छ
राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन्।
उनी राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्षसमेत हुन्।
८ असोज, काठमाडौं । पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना गरिरहेका छन् ।
१२ असोज, विराटनगर । कोरोना भाइरस (कोभिड १९) को हटस्पट बनेको प्रदेश १ को विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी भएको छ । विराटनगरमा पछिल्लो सयम कोरोना संक्रमणको दर पनि बढ्दै गइरहेको छ । तर पनि उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको दबावमा विराटनगर महानगरपालिकाले असोज २५ गतेदेखि भदौ ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका समेत सार्वजनिक गरिसकेको छ ।
काठमाडौँ : अब काठमाडौँ उपत्यका प्रवेश गर्न कुनै पनि प्रकारको पास आवश्यक नपर्ने भएको छ। लामो दुरीका सार्वजनिक यातायात खुलेसँगै काठमाडौँ उपत्यका प्रवेश गर्न कुनै पनि प्रकारको पास आवश्यक नपर्ने भएको हो।