सात वर्ष अघि विराट मेडिकल कलेज तथा टिचिङ अस्पताल संचालनमा ल्याएको कम्पनीले क्यान्सर अस्पतालका लागि सात तले भवन निर्माण गरिरहेको छ।

Comment

विराटनगर जुटमिलको सेयरमा घोटाला गर्ने व्यक्तिलाई राज्यले सरकारी जमिन भोगचलन गर्न दिएको भन्दै प्रदेश १ सभामा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

बेलका नगरपालिकामा विवादित रहेको कबुलियती वनका रुपमा निजी कम्पनीलाई भोगचलन गर्न दिएको विषय उठाउँदै बिहीबारको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विरोध जनाए ।

Comment

 

 

 

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो

आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन ।

Comment

काठमाडौं:  नेपाली काँग्रेसको भदौमा हुने महाधिवेशनका लागि नेता कार्यकर्ता सक्रिय हुन थालेका छन् । साउन देखि काँग्रेसको तल्लो इकाईको चुनाव सुरु हुँदैछ । तल्लो इकाईबाट नै आफू पक्षधर नेता कार्यकर्तालाई अगाडि बढाउन नेताहरु सक्रिय भएका छन् ।

काँग्रेसमा वडा तहबाट गाउँ÷नगर हुँदै क्षेत्र, जिल्ला को अधिवेशनको तालिका बनिसकेको छ । प्रतिनिधि चयनबाट नै नेतृत्व चयनमा मतदानको अधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुनिन्छन् । यसैले तल्लो इकाईबाट आफू निकटस्थलाई अगाडि बढाउन सक्रियता बढेको हो ।

Comment

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन्। कांग्रेस संसदीय दलका नेता समेत् रहेका नेपालीलाइ माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्य, राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेता पियारी थापा, स्वतन्त्र सांसद दीपक मनाङे र गठबन्धनका नेता कुमार खड्काले कृष्णचन्द्र नेपाली पोखरेललाइ मुख्य मन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष हस्ताक्षर बुझाएका हुन।

Comment