२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।
२८ भदौ, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।
रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए
बेलायतको लण्डनबाट भारतको दिल्लीसम्मकोे बस यात्रा ? तपाईलाई पत्याएर नलाग्न सक्छ अहिलेको यो हवाई मार्गको जमानामा बसमा यति लामो बस यात्राको कुरा गर्दा । तर अब चाँडै नै यी दुई देशबीच बस यातायात सेवा सुचारु हुन गइरहेको छ ।
झापाकी देविका बुढाथोकीलाई नयाँ–नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्छ। उनी सानैदेखि आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्।
उनी पहिल्यैदेखि खेर गएका चिजबाट कसरी नयाँ उत्पादन गर्ने भनेर सोचिरहिन्थन्। कहिले पराल, कहिले पटेर, कहिले थाकल, कहिले मकैका खोस्टा त कहिले खेर गएका प्लास्टिकबाट झोला बनाउनु उनको दैनिकी थियो।
विराटनगर / विराटनगरसहित मोरङ जिल्लामा खुकुलो प्राबधानसहित एक साता निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित जिल््लाभर जारी गरेको निषेधाज्ञा खुकुलो प्राबधानसहित भदौ २२ गतेसम्म थप गरेको हो ।