—अधिवक्ता कविता बस्नेत
सन् २०१९ डिसेम्बरमा चिनको उहानमा पत्ता लागेको कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी माहामारीको रुपमा विश्वको २१६ वटा देशमा पैmलिने क्रममा नेपालमा २०७६ माघ ९ गते चिनको उहानबाट आएका काठमाडौँको एक युवकमा सङ्क्रमण देखिएपछि सङ्क्रमणबाट हुन सक्ने जोखीम र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सम्मानीत सर्वोच्च अदालत काठमाडौँको पूर्ण बैठकको मिति २०७६÷१२÷०७ को निर्णय बमोजिम थुनामा रहेको थुनुवाहरुको हकमा र अति आवश्यक प्रकृतिको रिट निवेदनहरुमा मात्र सुनुवाई हुने भइ सो पश्चात् स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारको लकडाउनको घोषणा जारी भइ लामो समयदेखि अदालती काम कारवाही तथा सामाजिक गतिविधीमा सहभागी हुन नसकी घरैभित्र बसी घरायसी कामकाज तथा पारिवारीक जिम्मेवारीमा सिमित रहनु पर्दा सबै पेशा व्यवशायमा समेत असर पुग्न गएको अवस्थामा कानून व्यवसाय पेशामा पनि यसले प्रत्यक्ष असर पुगेता पनि तुलनात्मक रुपबाट हेर्दा हाम्रो जस्तो पुरुष प्रभुत्व रहेको समाजमा पुरुष कानून व्यावसायीको तुलनामा कानून व्यवसायी महिलाहरु धेरै नै पिडीत प्रभावित हुन पुगेको अवस्था छ ।
जनकपुर — रेलवे विभागले दुई सेट रेल करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ ।
एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।
२९ भदौ, विराटनगर । स्थानीय प्रशासनले विराटनगरमा जारी गरेको निषेधाज्ञा हटाएको छ । भदौ ५ बाट सुरु भएको निषेधाज्ञा सोमबार बिहानबाट हटाएको हो ।
समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङमा भरी जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको थियो ।
विराटनगर । संविधासभा सदस्य तथा विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बस्नु भएका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।
उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि लक्षण नरहेको बताउनुभएको छ । कोरोना संक्रमण फैलिएसँगै भेटघाट सीमित गर्नुभएका उहाँसँग नियमित भेट हुने चार–पाच व्यक्तिमध्ये एक जनालाई ज्वरो आएपछि संक्रमणको आशंका भएको उहाँले बताउनुभयो ।
२९ भदौ, काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।