एजेन्सी । भुटानमा मंगलबारदेखि लागू हुनेगरी लकडाउनको घोषणा गरिएको छ।
काठमाडौं । नेपालले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा पाउने भएको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि यो मूल्य निर्धारण गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । सिरम इन्स्टिच्युट भ्याक्सिन उत्पादन परिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो र यो अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन उत्पादनमा साझेदार छ ।
बिराटनगर , साउन २१ गते, बाटोमा पानी फालेको बिषयलाई लिएर सुरु भएको बाद बिबाद ले भिडन्तको रुप लिदा गत साउन १९ गते मध्यराती खार्जि कोहबराको मुसहर बस्तिमा ५ जना घाईते भएका छन ।
साउन १९ गते राती ८ बजे बिराटनगर वार्ड नं ४ को सिमाना बस्ताखोला पारी पट्टि मुशहर टोलमा बुधुवा यादब कि बुहारी ले बाटोमा पानी फाल्दा बाटो हिड्ने मान्छे चिप्लीएर लडेको भन्दै बुधुवा र बुधुवाको बुहारीलाई ऋषिदेबहरुले कुटपिट गरेको गाउलेहरु बताउछन ।
विराटनगर । कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि विराटनगर महानगरपालिकाको ९ नम्बर वडाको केही क्षेत्रलाई शिल गरिएको छ ।
बिराटनगरको मध्य बजारमा पर्ने गुद्री बजार आसपासको क्षेत्रमा कोरोना संक्रमण व्यापाक भएपछि आइतबार रातिबाट प्रशासनले सवारी साधन र मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाएको हो ।
विराटनगर, १६ साउन । विराटनगरमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको छ ।
भोलिदेखि दुई सातासम्मका लागि विराटनगरमा लकडाउन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।